राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आव्हान (भिडियो रिपोर्टसहित)
१० वैशाख २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ ।
जेठ ६ गते हुने निर्वाचनका लागि वैशाख १४ गतेभित्र दल दर्ता गरिसक्न आयोगले आज सार्वजनिक सूचना निकालेको हो । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।
थापाले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभाले पद रिक्त भएको सूचना निकालेको हो । सांसद हटेसँगै थापाको गृहमन्त्री पद पनि गएको थियो।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि थापालाई फेरि गृहमन्त्री नियुक्त गर्नु भएको थियो । फागुन २८ गते थापा नेकपा एमालेको केन्द्रीय सदस्य मनोनयन हुनु भएको छ ।
प्रतिक्रिया