Main News

उपाध्यक्ष गौतमले भने–फागुन २८ को निर्णय फिर्ता नलिए ओलीलाई साथ दिन सक्दिनँ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते ९:५१
उपाध्यक्ष गौतमले भने–फागुन २८ को निर्णय फिर्ता नलिए ओलीलाई साथ दिन सक्दिनँ (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गतेको को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको डिनर मिटिङमा पनि आफ्नो अडान प्रष्ट राखेको बताउनुभएको छ । डिनर मिटिङ सकारात्मक नभएको पनि गौतमले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत सार्वजनिक विज्ञप्तिमा ओलीले पार्टी काममा फर्कन अनुरोध गरेपछि आफूले फागुन २८ को बैठकले गरेको निर्णय फिर्ता लिन अनुरोध गरेकोमा ओलीले नमानेको उल्लेख छ ।

गौतमले नेपाल खनाल पक्ष समेत सहभागी नभएको बैठक अवैधानिक रहेको बताउनुभएको छ । आफ्नो अनुरोधलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै फिर्ता हुँदैनन भनेपछि आफूले तपाइँसँग आउन सक्दिन भनेर जवाफ दिएको पनि गौतमले जानकारी दिनुभएको छ ।

सवाल जवाफपछि डिनर चल्दा चल्दै विदा भएको पनि गौतमको विज्ञप्तिमा उल्लेख छ । डिनर मिटिङमा कानुन मन्त्री लीला श्रेष्ठ र एमाले मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।

ओली समूहले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका माधव नेपाल समूहका नेताको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो ।

दुई पटक वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका ओलीले कुरा नमिलेछ गौतमको साथ खोज्नुभएको हो । नेपालसँगको वार्तामा पनि ओलीले २८ को निर्णय फिर्ता नहुने अडान राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *