आज देशभरको मौसम बदली रहने पूर्वानुमान
१० वैशाख २०७८ काठमाडौं । देशको अधिकांश स्थानको आजको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आज राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही थोरै स्थानहरूमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया