Main News

नेपालमा कोरोना पाँच महिनायताकै उच्च विन्दुमा, २४२८ जना थपिँदा पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ९ गते २०:५२
नेपालमा कोरोना पाँच महिनायताकै उच्च विन्दुमा, २४२८ जना थपिँदा पाँच जनाको मृत्यु

९ चैत २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण पाँच महिना यताकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो एकैदिन २४ सय २८ जना नयाँ संक्रमित भेटिएका छन् ।

लगातार दुई दिनसम्म दुई हजार भन्दा बढिको संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो पटक १० हजार १ पीसीआर परीक्षण गर्दा २३ सय ६५ जना र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि संक्रमण तिब्र रुपमा फैलिएको छ । थपिएका संक्रमितमध्ये १ हजार १ सय ७४ जना काठमाडौं उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौँमा ९ सय ८७, ललितपुरमा १सय ६ र भक्तपुरमा ८१ जना नयाँ संक्रमित भेटिएका छन् ।

पीसीआर विधिबाट पत्ता लागेका कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । ति मध्ये १२ हजार ६ सय ९० जना सक्रिय छन् । संक्रमणबाट पछिल्लो पटक थप पाँचजनाको मृत्यु भएको छ । मृतक संख्या ३ हजार १ सय १७ पुगेको छ ।

पछिल्लो पटक २ सय ५२ जना मात्रै संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *