Main News

मुख्यमन्त्री राईमाथि अपशब्द बोल्दै एमाले मुख्यालयमा बालिकाले मच्चाइन् यस्तो बबाल (भिडियोसहित)

हिमालय टिभी
२०७८ वैशाख ९ गते २०:४८
मुख्यमन्त्री राईमाथि अपशब्द बोल्दै एमाले मुख्यालयमा बालिकाले मच्चाइन् यस्तो बबाल (भिडियोसहित)

९ चैत २०७८ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गाली गलौज गरेको र हात पात गर्न खोजेको भन्दै प्रहरीले एमाले महिला नेतृ बालिका खड्कालाई पार्टी कार्यालयबाटै पक्रेको छ ।

मुख्यमन्त्री राईलाई गालीगलौज गरेको आरोपमा खड्कालाई थापाथलीस्थित एमालेको पार्टी कार्यालयबाट प्रहरीले पक्रेको हो ।

पक्राउ परेकी खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ । खड्काले मुख्यमन्त्री राईसँग आफ्नो लिभिङ्ग टुगेदर सम्बन्ध रहेको तर पछि राईले धोका दिएको आरोप लगाउँदै आउनुभएको छ ।

४९ वर्षीय मुख्यमन्त्री राईले गत माघमा २३ वर्षीया मोडल जाङ्बु शेर्पासँग विवाह गर्नु भएको थियो ।

मुख्यमन्त्री राईले शोषण गरेको र धोका दिएको भनेर मुद्दा मामिलामा उत्रिएकी खड्काले बीचमा मुद्दा फिर्ता लिनुभएको थियो । तर पछिल्लो पटक फेरि सार्वजनिक रुपमै गाली गलौजमा उत्रिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *