Main News
विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई आजदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द
२०७८ वैशाख ९ गते ९:२०
९ वैशाख २०७८ काठमाडौं । सरकारले आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुलाई अनुमति दिन बन्द गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) आजदेखि बन्द गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।
आजदेखि लागू हुने गरी अर्को सूचना नभएसम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको सूचनामा उल्लेख छ । तर, विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया