Main News

अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखियो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १९:२५
अयोध्यापूरीमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखियो (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ चितवन । चितवनको माडी अयोध्यापूरीमा नवनिर्मित मन्दिरमा भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएको छ ।

सरकारले २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियम ल्याएको भए पनि त्यसको उल्लंघन गर्दै माडीको कृष्णनगरमा हजारौंको उपस्थितीमा मूर्ति स्थापना गरिएको हो । १ सय विघा क्षेत्र रहेको यो स्थानमा १६ लाखको लागतमा मूर्ति राख्न मन्दिर निर्माण गरिएको थियो ।

अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर राखिने अयोध्याधाम प्रचारसमितिका संयोजक श्री दवाडीले जानकारी दिनुभयो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट शोभा यात्रासहित पठाएका मूर्तिलाई माडीमा लगेपछि परशुराम कुण्डको जलले अभिषेक गरिएको थियो ।

मुर्तिस्थापना पछि संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले माडीको अध्योयापूरीमा रामको जन्म भएको यथेष्ट प्रमाण भएको दावी गर्नुभयो ।

गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *