Main News

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारीमा एमालेको नेपाल-खनाल समूह

हिमालय टिभी
२०७८ वैशाख ८ गते १४:३१
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने तयारीमा एमालेको नेपाल-खनाल समूह

८ वैशाख २०७८ काठमाडौं । नेकपा–एमालेको नेपाल खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ ।

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको भन्दै नेपाल र खनाल पक्षले मुद्दा दायर गर्न लागेको हो । त्यसका लागि अहिले नेपाल–खनाल पक्षको स्थायी स्थायी समिति बैठक बसिरहेको छ।

तत्कालीन नेकपाको नामबारे परेको रिटमा फागुन २३ गते फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता नै बदर गरेर दुवै पार्टीलाई पूर्ववत अवस्थामा पुर्‍याएको थियो ।

तर अदालतको फैसलाविपरीत अध्यक्ष ओलीले आफू अनुकूल पार्टीका कमिटी पुनर्गठन, परिचालन गरेको र असहमत पक्षलाई कारवाही गरेको भन्दै नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ।

यही विषयलाई लिएर नेपाल–खनाल पक्ष अदालत जान लागेको हो । पार्टी एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गते कायम रहेका पार्टीका कमिटी क्रियाशील बनाउनुपर्ने नेपाल–खनाल पक्षको माग छ ।

प्रतिनिधिसभाका २७ जना सदस्यलाई ओलीले कारवाही गर्ने तयारी गरेपछि नेपालखनाल पक्ष अदालत जान लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *