Main News

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ आज हुँदै

हिमालय टिभी
२०७८ वैशाख ८ गते १२:४४
सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ आज हुँदै

८ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाइ हुँदैछ।

लामो समयदेखि पेसीमा नचढेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश हुनुहुन्छ ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । दुई महिनापछि लामाको शव फेला परेको थियो।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नु भएको थियो । यो रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको भए पनि हेर्न नभ्याइनेमा परेको थियो।

यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो। काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटासहित ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *