राजनीति

ओलीका आरोपको प्रतिवाद गर्ने नेपाल-खनाल पक्षको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते १९:२०
ओलीका आरोपको प्रतिवाद गर्ने नेपाल-खनाल पक्षको निर्णय (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीका आरोपको प्रतिवाद गर्दै स्पष्टिकरण दिने भएको छ ।

अध्यक्ष ओलीले अर्को पार्टी बनाएको भन्दै सांसद पद खोस्ने तयारीसहित स्पष्टिकरण सोधेपछि बसेको नेपाल–खनाल पक्षको बैठकले त्यसको लिखित रुपमै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

नेपाल खनाल पक्षले अध्यक्ष ओलीको आरोपको कडा प्रतिवाद गरेको छ । स्पष्टिकरण सोधिएकी सांसद एवं एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आरोपको कडा प्रतिवाद गर्नुभयो । उहाँका अनुसार स्पष्टिकरण पार्टी सिध्याउने योजना हो ।

सांसदबाट हटाउने अध्यक्ष ओलीको तयारीको संवैधानिक र कानूनी रुपले पनि उपचार खोज्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै अर्का सांसद झपट रावलले पनि अध्यक्ष ओलीको आरोपको तयारीप्रति आपत्ति जनाउनुभयो ।

नेपाल खनाल पक्षको बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोप लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्