Main News

प्रधानमन्त्री ओलीले सत्तालाई सौदाबाजीको विषय बनाएको माओवादी केन्द्रको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते १९:१५
प्रधानमन्त्री ओलीले सत्तालाई सौदाबाजीको विषय बनाएको माओवादी केन्द्रको आरोप (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वाधीनतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तालाई सौदावाजीको विषय बनाएको गम्भीर आरोप लगाएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीका कारण मुलुकको राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको निष्कर्ष निकालेको छ । बैठकले ओली सरकारलाई अपदस्थ गर्न केन्द्रीत हुने निर्णय पनि गरेको छ ।

यो विषयमा छिट्टै निर्णयमा पुग्ने पनि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

ओली सरकारलाई दिएको समर्थन संसद जोगाउनकै लागि अहिलेसम्म फिर्ता नलिएको प्रष्टिकरण दिँदै श्रेष्ठले छिटै फिर्ता लिने पनि बताउनुभयो । संविधान अनुसार चुनावमा जानै पर्ने अवस्थामा पार्टी तयार रहेको पनि उहाँले बताउनुभयो ।

माओवादी केन्द्रले संसद अधिवेशन अन्त्य गरेकोमा आपत्ति जनाउँदै सरकारले स्वेच्छाचारी काम गरेको आरोप लगाएको छ ।

माओवादी बैठक भोलि पनि बस्नेछ । र, भोलिको बैठकले समर्थन फिर्ताका विषयमा निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *