Main News

आज पाँच महिनायताकै सबैभन्दा बढीमा कोरोना संक्रमण, ११ जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ७ गते १८:२७
आज पाँच महिनायताकै सबैभन्दा बढीमा कोरोना संक्रमण, ११ जनाको मृत्यु

७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण तिब्र भएको छ । संक्रमितको संख्या झण्डै पाँच महिनायताकै उच्च भएको छ ।

पछिल्लो पटक नेपालमा एकैदिन १७ सय ३६ जना नयाँ संक्रमित भेटिएका छन् । मृत्युदर पनि बढ्दै गएको छ । संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । यो सँगै मृतकको संख्या ३१ सय नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५ पीसीआर परीक्षणबाट १६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितमध्ये १ सय ९३ जना बालबालिका र किशोर किशोरी छन् । ९ वर्ष मुनिका ४३ जना र १० देखि १९ वर्ष मुनिका १ सय ५० जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा ६ सय ९५ जना संक्रमित थपिएका छन् ।

ती मध्ये काठमाडौंमा ५ सय ५५, ललितपुरमा १ सय ५ र भक्तपुरमा ३५ जना छन् । उपत्यका बाहिर बाँके सबै भन्दा धेरै प्रभावित छ। त्यहाँ पछिल्लो पटक २ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक २ सय ५१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ५९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *