Main News

सुदूरपश्चिममा कोरोना संक्रमितले बेड पाउन छाडे, सरकारद्वारा अस्पताल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते १८:१३
सुदूरपश्चिममा कोरोना संक्रमितले बेड पाउन छाडे, सरकारद्वारा अस्पताल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितका लागि छुट्याइएका बेड भरिन थालेका छन् । धनगढीमा निर्माण भएको ५० शैयाको कोभिड अस्पतालमा पनि अहिले अवस्था उस्तै छ । संक्रमित अझै बढ्ने भन्दै सुदूरपश्चिम सरकारले ५० शैयाको कोरोना अस्पताल निर्माण शुरु गरेको छ ।

विगतमा झैँ कोरोना संक्रमण फैलिए होम आइशोलेसनमै पठाउनुपर्ने अवस्था आउन नदिन सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा ५० शैयाको अस्पताल बनाउन लागेको छ ।

पुरानो कोरोना अस्पताल रहेकै ठाउँमा भवन शिलान्यास गरिएको छ । अस्पताल निर्माण भएपछि संक्रमितले सहज रुपमा उपचार पाउने अपेक्षा छ ।

भवन निर्माणको ठेक्का १ करोड ४९ लाखमा वाई आर कन्सट्क्सनले पाएको छ । भवन निर्माण ब्यवस्थापनको जिम्मा स्वास्थ्य कार्यालय कैलालीलाई दिइएको छ ।

असार मसान्तभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि तोकिएको अवधि अघि नै पुरा हुने स्वास्थ्य कार्यालयको दाबी छ ।

सुदूरपश्चिम सरकारले २ वटा कोरोना अस्पताल निर्माण गरिसकेको छ । भवन निर्माणका लागि तिब्रता देखाएपनि आवश्यक उपकरण अभावले बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता भने हटेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *