राजनीति

एमाले संस्थापन पक्षले सोध्यो नेपालसहित २७ संघीय र ५ प्रदेश सांसदसँग स्पष्टिकरण, पदबाट हटाउने चेतावनी

हिमालय टिभी
२०७८ वैशाख ७ गते १५:३१
एमाले संस्थापन पक्षले सोध्यो नेपालसहित २७ संघीय र ५ प्रदेश सांसदसँग स्पष्टिकरण, पदबाट हटाउने चेतावनी

७ वैशाख २०७८ काठमाडौं । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेको संस्थापन पक्षले माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ ।

नयाँ राजनीतिक दलका स्वरुपमा गतिविधि गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्नुभएको हो । ओलीले तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने भनेर सोध्नुभएको छ । हटाउन नपर्ने कारण भए तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।

पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ । ओलीको पछिल्लो स्पष्टिकरणलाई नेपाल र खनाल लगायतका नेतालाई सांसदबाट हटाउने तयारीका रुपमा लिइएको छ ।

कांग्रेसको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भैरहेका बेला नेपाल पक्षले फ्लोर क्रस गर्न सक्ने भन्दै अध्यक्ष ओलीले स्पष्टिकरण सोध्नुभएको छ । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङलाई स्पष्टिकरण सोधिएको छ ।

यस्तै नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपानेलाई पनि स्पष्टिकरण सोधिएको छ ।

यस्तै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टिकरण सोधिएको छ । कर्णालीका सांसदले ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाएका थिए ।

यी हुन स्पष्टिकरण सोधिएका संघीय सांसद
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेशकुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरलाकुमारी यादव
२४. कृष्णलाल महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाक्री

प्रदेश सांसद
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्