Main News

कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी, यस्तो छ विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ७ गते १३:२४
कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी, यस्तो छ विज्ञको सुझाव (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै विज्ञहरुले स्थिति नियन्त्रण बाहिर जान सक्ने आशंका गरेका छन् । पछिल्लो पटक संक्रमित हुने र ज्यान गुमाउनेमा युवा र बालबालिकाको संख्या पनि उल्लेख्य छ । गत वर्ष बालबालिका र युवा कम सिकिस्त भएका थिए । तर नयाँ भेरियन्टले उनीहरुलाई पनि बढी प्रभाव पारेको छ । यसले धेरैलाई चिन्तित बनाएको छ ।

सरकारी तथ्यांक अनुसार कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेमा बालबालिका पनि छन् । अहिलेसम्म कोरोनाका कारण १८ वर्ष मुनिका ४० जनाको मृत्यु भैसकेको छ । झण्डै २३ हजार जना कोरोना संक्रमित भएका छन् ।

त्यसमध्ये कोरोनाको दोस्रो लहरको अवधिमा ५ वर्ष भन्दा मुनिका ३ हजारभन्दा बढी बालबालिका संक्रमित भएका छन् भने १० जनाको मृत्यु भैसकेको छ । कोरोनाले बालबालिकाको पनि ज्यान लिन थालेपछि सरकारले नागरिकलाई सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

बालबालिका मात्र हैन युवाहरुमा पनि संक्रमणको दर बढ्दो छ । सामान्य रुघाखोकी लागेका युवामा पनि निमोनियाको समस्या देखिने गरेको छ ।

पछिल्लो समय दिनमै कोरोना संक्रमितको संख्या हजार नाघ्न थालेको छ । यस्ले कोरोना संक्रमणको दर बढ्दै गएको स्पष्ट पार्छ । कोरोना संक्रमणको दर बढेसँगै चिकित्सक र अस्पतालले समेत थाम्न नसक्ने अवस्था आउने हो कि भन्ने चिन्ता छ । त्यसैले जनस्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकको आग्रह छ ।

कोरोना संक्रमणको अहिलेको दर घटाउन, जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन । स्वास्थ्य मापदण्ड तोडेर लापरबाही गर्दै भीड भाड गर्नु, मास्क र सेनिटाइजर प्रयोग नगर्नु र हात नधुनुले संक्रमणको दर बढाउने छ । जसले कोरोनाका कारण हुने मृतकको संख्या पनि बढ्ने छ । त्यसैले सबै नागरिक जिम्मेवार बन्नुको बिकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *