एसएलसीको प्रमाणपत्र किर्ते गर्ने सात जना नक्कली डाक्टर पक्राउ
६ वैशाख २०७८ काठमाडौं । एसएलसीको प्रमाणपत्र किर्ते गर्ने ७ जना डाक्टर पक्राउ परेका छन् ।
बंगलादेशमा एमबीबीसीएस अध्ययन गर्नका लागि निम्ति एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई बंगलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका र हाल विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा न्यूरो हस्पिटल विराटनगरमा कार्यरत मोहमद सिद्दिक, जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत सुभाषप्रसाद साह, दीर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत मोहम्मद शाहिद राजा, चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत दिपेन्द्र गौतम, मोरङबाट अखिलेशकुमार देव, भक्तपुरबाट पल्लवी सिंह र ललितपुरबाट फराज हुसेन खाँ पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरुसँगै नक्कली प्रमाणपत्र बनाउन सघाउने बागबजारस्थित ज्योतिदिप इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक अरुण चौधरीलाई पनि पक्राउ गरिएको थापाले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई सरकारी छाप किर्ते कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख थापाले बताउनुभयो ।
प्रतिक्रिया