Main News

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद मन्त्री नियुक्त

हिमालय टिभी
२०७८ वैशाख ६ गते १७:०५
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसद मन्त्री नियुक्त

६ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशमा आज राजनीतिक घटनाक्रम तिब्र रुपमा विकास भइरहेको छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनसहित चार जना सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउनुभएको छ ।

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जना गरी ४१ जना सांसदको हस्ताक्षर थियो । तर हस्ताक्षर गरेका मध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी मन्त्री बन्नुभएको छ ।

हस्ताक्षर नगरेका जसपाकै कल्पना पाण्डे पनि मन्त्री बनेर सपथ लिनुभएको छ । प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद नै मन्त्री भएपछि मुख्यमन्त्री पोखरेललाई राहत भएको छ । तत्कालका लागि उहाँको संकट टरेको छ ।

यसले जसपामा भने भाँडभैलो मच्चिएको छ । त्यसअघि प्रदेशसभा सचिवालयमा दिउँसो सवा १ बजे अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । भावि मुख्यमन्त्रीका रुपमा माओबादी केन्द्रका संसदीय दलका नेता कूल प्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

अविस्वार प्रस्तावसँगै माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । २०७४ साल फागुन ३ गतेमा माओवादी केन्द्रको समर्थन सहित एमालेका पोखरेल मुख्यमन्त्री बन्नु भएको थियो ।

माओवादीका तर्फबाट सरकारमा सहभागी कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्रीबाट राजिनामा दिनुभएको छ । प्रदेशसभामा हाल ८५ जना सांसद कायम छन् । नयाँ सरकार बनाउन ४३ सांसद चाहिन्छ ।

सबैभन्दा ठुलो दल एमालेका ४१ सांसद छन् । एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविस्वास प्रस्तावमा समर्थन गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *