Main News
मधेश र थारुहट आन्दोलनका क्रममा लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
२०७८ वैशाख ६ गते १६:५०
६ वैशाख २०७८ काठमाडौं । सरकारले मधेस तथा थरुहट थारुवान आन्दोलनका क्रममा संलग्न जनता समाजवादी पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलमा जसपाका नेता कार्यकर्ताविरुद्धका मुद्दा फिर्ता लिने सहमति भएको थियो ।
र, आज त्यही सहमति अनुसार मुद्दा फिर्ताको निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन ।
जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो । तर सरकारले कति जनाको मुद्दा फिर्ता लियो भन्ने प्रष्ट छैन ।
प्रतिक्रिया