Main News

२५ वर्षमुनिको उमेर समूहमा कोरोना संक्रमणको प्रभाव बढी देखिएकाले विद्यालय बन्दः मन्त्री श्रेष्ठ

हिमालय टिभी
२०७८ वैशाख ६ गते १६:३८
२५ वर्षमुनिको उमेर समूहमा कोरोना संक्रमणको प्रभाव बढी देखिएकाले विद्यालय बन्दः मन्त्री श्रेष्ठ

६ वैशाख २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको बताउनुएको छ ।

आज ललितपुरमा भएको एक कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री श्रेष्ठले २५ वर्षभन्दा मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको दर बढेकाले पठनपाठनलाई अनलाइन माध्यमबाट गर्नेगरी शैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘२५ वर्षभन्दा तलका उमेरका विद्यार्थी भाइबहिनीहरुमा यसको प्रभाव अलि बेसी देखिएको हुनाले यो सन्दर्भमा लामो आवश्यक अनुसन्धान र छलफलपछि यो कोभिडको कारणले सबैभन्दा बढी प्रभावित बालबालिकामै पर्ने हुनाले आजको मन्त्रिपरिषद्ले वैशाख मसान्तसम्म स्कुलको पठनपाठनलाई नियमित गर्ने, भौतिक रुपमा विद्यालयमा विद्यार्थी भाइबहिनीहरुलाई उपस्थित हुन अनिवार्य नगर्ने र भर्चुअल माध्यम र इलेक्ट्रोनिक माध्यमबाट पठनपाठनलाई निरन्तरता गर्ने, वैशाख मसान्तसम्मको स्थितिलाई हेर्दैै जाने ।’

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरुलाई विद्यालयमा भौतिक रुपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘स्वास्थ्य मन्त्रालयले तोकिएका जिल्लाहरु र घोषित शहरहरु जुन क्षेत्रमा कोभिडको प्रभाव व्यापक छ ति शहरहरु र जिल्लाहरुमा डीसीसीएमसीको तर्फबाट गरिएको सिफारिसको आधारमा ति शहर र जिल्लामा वैशाख मसान्तसम्म भौतिक रुपमा विद्यार्थीहरुलाई स्कुलमा आउन अनिवार्य नगर्ने । वैकल्पिक व्यवस्थाबाट पठनपाठन गर्नेगरी वैशाख मसान्त सम्मका लागि स्थगित गरिएको छ ।’

मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पार्नुभयो । असारदेखि नयाँ शैक्षिक सत्र शुरु हुने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *