Main News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हिमालय टिभी
२०७८ वैशाख ६ गते १३:१८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

६ वैशाख २०७८ लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीसहितका दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावित मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन्। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।

तर, कर्णालीमा माधवकुमार नेपाल समूहले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पोखरेललाई पनि आफ्नो कुर्सी जोगाउन समस्या परेको छ। यसअघि कर्णाली सरकार प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले ल्याएको अविश्वास प्रस्ताव एमालेकै चार जना सांसदले फ्लोर क्रस गर्दा असफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *