Main News
संसद अधिवेशन अन्य गर्ने सरकारको निर्णय
२०७८ वैशाख ६ गते ९:५४

६ वैशाख २०७८ काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ ।
अबको केही दिनभित्रै संसदको बजेट अधिवेशन आह्वन गर्नुपर्ने हुन्छ । जेठ १५ गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।
प्रतिक्रिया