Main News

भोलिको बैठक रोक्न अध्यक्ष ओलीसँग एमाले अनुशासन आयोगका अध्यक्ष बोहोराको आग्रह

हिमालय टिभी
२०७८ वैशाख ५ गते १७:२९
भोलिको बैठक रोक्न अध्यक्ष ओलीसँग एमाले अनुशासन आयोगका अध्यक्ष बोहोराको आग्रह

५ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले भोलिको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

आज एक अपील सार्वजनिक गर्दै बोहराले भोलिका लागि अध्यक्ष ओलीले बोलाएको बैठकले स्थितिलाई थप असहज बनाउने भन्दै रोक्न माग गर्नुभएको हो ।

अध्यक्ष ओलीले भोलिका लागि आफू पक्षीय महाधिवेशन आयोजक समितिको बैठक बोलाएकोमा बोहराले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु हुँदैन भन्दै बोहराले पार्टीलाई पुनः एकताबद्ध बनाउन फागुन २८ को निर्णय अबिलम्ब फिर्ता लिन र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको छ ।

विधानको व्यवस्था बमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठक तत्काल बोलाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

०७५ साल जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा ओलीले त्यसो नगरेको र एउटा पक्ष मात्र सामेल भएर फागुन २८ गते निर्णय गरेको उल्लेख गर्नुभएको छ । त्यो बैठकमा ओलीले नेपाल खनाल पक्षलाई सूचना नै नदिइएको र त्यसले परिस्थिति झन बिगारेको बोहराको तर्क छ ।

एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक अध्यक्ष ओलीले भोलिका लागि बोलाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *