Main News

प्रदेश १ को हिउँदे अधिवेशन आज अन्त्य गरिँदै

हिमालय टिभी
२०७८ वैशाख ५ गते ९:१४
प्रदेश १ को हिउँदे अधिवेशन आज अन्त्य गरिँदै

५ वैशाख २०७८ विराटनगर । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले प्रतिपक्षी दलहरुले अवरोध जारी राखेपछि जारी सातौं हिउँदे अधिवेशनको बैठक अन्त्य गर्ने तयारी भइरहेको बताउनुभयो । प्रतिपक्षी दलहरु भने आजको बैठक चल्न नदिने पक्षमा छन् ।

सत्तापक्षले माग सम्बोधन गर्न चासो नदिएका कारण बैठक अवरुद्ध हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । सरकारका प्रवक्ता कार्कीले भने प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरे पनि प्रक्रिया पूरा गरेर अधिवेशन अन्त्य गरिने बताउनुभयो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु राख्नुपर्ने लगायतका माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

अवरोधका कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *