Main News

एन्टिजेन परीक्षणमा सरकार आफै किन छैन विश्वस्त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते ६:१७
एन्टिजेन परीक्षणमा सरकार आफै  किन छैन विश्वस्त ? (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै सीमा नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ । परीक्षणमा पोजेटिभ देखिनेलाई संक्रमित भनेर सूचना पनि निकाल्ने गरिएको छ । तर स्वास्थ्य मन्त्रालयले आधिकारिक वेव साइटमा भने एन्टिजेनका संक्रमितको सूची राख्ने गरेको छैन । यसले सरकार आफै एन्टिजेन परीक्षणमा विस्वस्त नभएको देखाउँछ ।

कामको शिलशिलामा भारत गएका नेपालीहरु यतिवेला सीमानाका हुँदै, नेपाल फर्कने क्रम बढ्दो छ । भारतको कोरोना संक्रमीत क्षेत्रबाट, हजारौंको संख्यामा नेपाली नागरिकहरु नेपाल फर्किनेक्रम बढेसँगै एन्टिजेन परीक्षण शुरु गरिएको छ ।

ठूलो समुहहरुमा पीसीआर परीक्षण सम्भव नभएकाले सरकारले एन्टिजेन परीक्षण गरेको हो । परीक्षण गरेको कम समयमै रिपोर्ट आउने, कम खर्चिलो भएकाले पनि सरकारले सीमा नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ ।

सीमा नाकामा एन्टिजेन परीक्षणलाई प्राथमिकतामा राखिए पनि यसको विश्वसनीयतामा भने प्रश्न उठ्ने गरेको छ । भाइरल लोड कम भएमा, संक्रमण भएको एक हप्ता भन्दा बढि भएमा एन्टिजेन परीक्षणको रिपोर्ट सही आउँदैन ।

सरकारले पनि एन्टिजेन परीक्षणलाई महत्वपूर्ण माने पनि आफ्नो वेवसाइटमा भने एन्टिजेन परीक्षण गरिएकाहरुको संख्या उल्लेख गरेको छैन । जस्ले एन्टिजेन परीक्षणमा सरकार आफै विश्वस्त छैन कि भन्ने प्रश्न उठेको छ । स्वास्थ्य मन्त्रालयको आधिकारिक पेजमा एन्टिजेन परीक्षणबाट पोजेटिभ आएकाहरुको संख्या उल्लेख किन नगरिएको भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयको जवाफ भने यस्तो छ ।

एन्टिजेन परीक्षण सबैलाई गरिँदैन । समुहमा रहेकामध्ये केही व्यक्तिमा मात्रै गरिन्छ । समूहमै रहेका अन्य व्यक्ति कहाँ गए रु के गरे भन्ने कुनै नियमन गरिएको छैन । एन्टिजेन परीक्षण पश्चात अन्यलाई क्वारन्टिन वा होम क्वारन्टिनमा राख्ने व्यवस्था गर्नुपर्ने विज्ञको भनाई छ ।

सरकारले एन्टिजेनमा पोजेटिभ भएकालाई संक्रमित भनेर हरेक दिन सूचना निकालिरहेको छ । तर आफ्नो आधिकारिक साइटमा पनि पिसीआर परीक्षण गरेकालाई मात्रै संक्रमित भनेर उल्लेख गर्ने गरेको छ । सरकारले तथ्यांक घटाउन यसो गरिरहेको आरोप पनि लाग्ने गरेको छ । एन्टिजेन परीक्षणमा सरकार विस्वस्त हो भने संक्रमितलाई पनि सूचीमा पनि समेटेर त्यही अनुसार रोकथामका उपाए अपनाउनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *