Main News

एमसीसी अनुमोदन प्रक्रिया अघि नबढाएकोमा प्रधानमन्त्रीद्वारा सभामुखको आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ४ गते १८:२५
एमसीसी अनुमोदन प्रक्रिया अघि नबढाएकोमा प्रधानमन्त्रीद्वारा सभामुखको आलोचना (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अनुमोदन प्रक्रिया अघि नबढाएको भन्दै सभामुख अग्नी सापकोटाको चर्को आलोचना गर्नुभएको छ ।

आज बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी रोकेर सभामुखले अराजकता देखाएको आरोप पनि लगाउनुभएको छ ।

बैठकपछि संचारकर्मीसँग राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सभामुखसँग प्रधानमन्त्री निकै आक्रोशित देखिएको जानकारी दिनुभयो ।

बैठकमा एमसीसी संसदले अघि बढाउनुपर्छ भन्नेमा सबै दल सहमत भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दाबी गर्नुभयो ।

अमेरिकी सहयोग परियोजना लामो समयदेखि संसदमा अडकिएको छ । माओवादी केन्द्र एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छ । एमाले र कांग्रेस भने सहयोग लिनुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *