रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारीमा सरकार (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । सरकारले रिक्त रहेका विभिन्न स्थानमा उपनिर्वाचनको प्रक्रिया अघि बढाउने भएको छ ।
आज बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपचुनाव गर्न अन्य दलको सहयोगसमेत माग्नुभएको छ । बैठकमा सहभागी दलले उपनिर्वाचनका लागि सहमति दिएको सरकारको दाबी छ ।
कांग्रेसले आफ्नो महाधिवेशन तालिका प्रभावित नहुने गरी मिति तोक्न आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसले उपनिर्वाचनका लागि तयार रहेको बताएको थियो । यसमा सरकारले नै ढिलाइ गरेको कांग्रेसको आरोप छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारले नै राजनीतिक गतिरोध सिर्जना गरेको भन्दै आफुहरुले उपचुनाव र सभामुख पनि चयन गर्न सुझाव दिएको बताउनुभयो ।
दलीय विवादमा कारवाहीको श्रृङ्खला चलिरहँदा संघीय संसदका ४ र आधा दर्जन प्रदेशसभा सदस्यको स्थान रिक्त छ । सरकारले यीसहित स्थानीय तहमा रिक्त स्थानमा चुनाव गर्ने तयारी अघि बढाएको हो ।
प्रतिक्रिया