Main News
प्रचण्डले भने–गण्डकी र लुम्बिनी प्रदेश सरकार चाँडै परिवर्तन हुन्छ (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख ४ गते १८:०१
४ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी र लुम्बिनी प्रदेश सरकार चाँडै नै परिवर्त हुने बताउनुभएकोछ ।
पार्टी निकट शिक्षकहरुको बागमती प्रदेश परिषदको उदघाटन समारोहमा प्रचण्डले कर्णाली प्रदेशमा माओवादीका मुख्यमन्त्रीलाई हटाउने प्रयास असफल भएको सन्दर्भ निकाल्दै गण्डकी र लुम्बिनीपछि संघीय सरकार पनि परिवर्तन हुने बताउनुभयो ।
प्रधानमन्त्री केपी ओली निकटका उघ्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासँगै शुरु गरेको षडयन्त्रका कारण एकीकरण भंग भएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया