Main News

शहरी क्षेत्रको विद्यालय आगामी वैशाखा मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ४ गते १७:०४
शहरी क्षेत्रको विद्यालय आगामी वैशाखा मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना प्रभावित शहरी क्षेत्रमा यो महिनाभर विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले कोरोनाको नयाँ भेरियन्ट फैलिएको ठहर गर्दै जोखिम कम गर्न वैसाख महिनाभर विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसीका सदस्य एवं प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले नयाँ भेरियन्ट भेटिएका ठाउँमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव आएको र सोही अनुसार सिफारिस गरिएको जानकारी दिनुभयो ।

सीसीएमसीले यसअघि पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । तर निजी विद्यालयको दबाबमा सरकारले कुनै निर्णय गर्न सकेको छैन । पछिल्लो पटक थपिएका संक्रमितमध्ये १० प्रतिशत भन्दा धेरै स्कुले विद्यार्थी छन् ।

आजको सिफारिसबारे भोली वा पर्सी बस्ने मन्त्रीपरिषदको बैठकमा छलफल हुने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्न सुझाव दिएको छ ।

यस्तै, बैठकले पार्टी,सभा, समारोह तथा गोष्ठी र भेला पूर्ण रुपमा बन्द गराउने निर्णय पनि गरेको छ । तर यी सबैबारे मन्त्रिपरिषदले नै निर्णय गरेपछि कार्यान्वयन हुनेछ । सीसीएमसीको निर्देशक समितिमा उपप्रधान, गृह, स्वास्थ्य, परराष्ट्र, अर्थ, पर्यटन लगायतका मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *