Main News

महिलाको हत्या गरेर शरीरको अंग बेचेको आरोपमा ६ जना पक्राउ

हिमालय टिभी
२०७८ वैशाख ४ गते १३:२१
महिलाको हत्या गरेर शरीरको अंग बेचेको आरोपमा ६ जना पक्राउ

४ वैशाख २०७८ कपिलवस्तु । कपिलवस्तुमा एक महिलाको हत्या गरी तान्त्रिक प्रयोजनका लागि उनका शरीरका अंग बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सरजहाँ दर्जीको हत्या गरी हातका औंला काटेर बेच्न लागेको आरोपमा शुद्धोधन गाउँपालिका २ का ३९ बर्षिय अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसहित ६ जनालाई प्रकाउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

चैत १२ गते राति हराएकी दर्जीको शव चैत २० गते कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को बेतिया नदीमा फेला परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा उनको हत्या गरी हातका औंला बेच्न लागेको खुल्न आएको हो ।

पक्राउ पर्नेमा अब्दुल कलाम मुसलमान, बेलाल अहमदसहित कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ शिवलवाका कृष्ण कुर्मी, राम हरक यादव, रुपन्देहीको सैनामैना नगरपालिका १ बनकट्टाका कर्णबहादुर सुनार, नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका घर भई हाल रुपन्देही जिल्लाको बुटवल बस्ने खेमबहादुर मल्ल छन ।

उनीहरुमाथि संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचबिखन तथा ओसार पसार कसुरमा म्याद थप गरि थप अनुसन्धान भई रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *