Main News

प्रधानमन्त्रीको दम्भ र सत्ता लिप्साका कारण मुलुक संकटमाः एमाले उपाध्यक्ष शाक्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ३ गते १७:३७
प्रधानमन्त्रीको दम्भ र सत्ता लिप्साका कारण मुलुक संकटमाः एमाले उपाध्यक्ष शाक्य (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ र सत्ता लिप्साका कारण मुलुक गम्भीर संकटमा परेको आरोप लगाउनुभएको छ ।

एमालेको नेपाल खनाल समूहको काठमाडौ जिल्ला कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओलीमा पदको दम्भ र सत्ता लिप्सा देखिएको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीको निरंकुश चरित्रका कारण समाजवाद नआउने र संघीय लोकतान्त्रिक गणतन्त्र पनि रक्षा हुन नसक्ने शाक्यले टिप्पणी गर्नुभयो ।

ओलीमा विधि र विचार शून्यता भएकै कारण एमाले कमजोर भएको पनि उहाँले आरोप लगाउनुभयो । तर ओलीमा सच्चिने संकेत नभएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *