Main News

७ नेपालीसहित १४ जनाको टोली अन्नपूर्ण चुचुरोमा पुग्न सफल

हिमालय टिभी
२०७८ वैशाख ३ गते १६:१४
७ नेपालीसहित १४ जनाको टोली अन्नपूर्ण चुचुरोमा पुग्न सफल

३ वैशाख २०७८ काठमाडौं । सात नेपालीसहित १४ जनाको आरोहण दलले अन्नपूर्ण पहिलो हिमालको सफल आरोहण गरेको छ ।

यो आरोहण दलमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सहित ७ जना नेपाली र सात जना विदेशी नागरिक रहेको सेभेन समिट ट्रेकिङ्ग एजेन्सीले जनाएको छ ।

आरोहण दलका सदस्य आज बिहान ८ हजार ९१ मिटर अग्लो चुचोरोमा पुगेका थिए । उनीहरु यस सिजनमा ८ हजार मिटर अग्लो हिमालय आरोहण गर्ने पहिलो टोली हुन् ।

पर्यटन विभागका अनुसार अन्नपुर्ण आरोहणका लागि यो सिजनमा चार आरोहणदलबाट ४४ जना आरोहीले अनुमती लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *