भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Himalaya Television
२०७८ वैशाख ३ गते १६:१०

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

३ वैशाख २०७८ भक्तपुर । भक्तपुरको घलातेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको पुतलीसडक बस्दै आएका भोजपुरका १८ वर्षीय सुमन गिरी र बाँकेका २२ वर्षर् सूर्य ओली रहेका प्रहरीले जनाएको छ ।

घलातेमा सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा घाइते भएका उनीहरुको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs