Main News
प्रधानमन्त्री ओलीद्वारा भोलिका लागि सर्वदलीय बैठक आव्हान
२०७८ वैशाख ३ गते १४:५१
३ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
भोलि बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो । कोरोना संक्रमण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुनेछ । संसदमा सात दलको प्रतिनिधित्व छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदूर किसान पार्टीको संसदमा प्रतिनिधित्व छ ।
प्रतिक्रिया