Main News

शिक्षक र विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

हिमालय टिभी
२०७८ वैशाख ३ गते १३:१६
शिक्षक र विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

३ वैशाख २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक र विद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो ।

त्यस्तै संक्रमण देखिएका विद्यालयमा त्यो अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न पनि निर्देशन दिएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

त्यस्तो अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा सञ्चालन गर्न भनिएको छ । बालबालिकामा कोरोना संक्रमणको दर बढेपनि नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा छ ।

विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारले निर्णय गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ ।

सीसीएमसी र मन्त्रिपरिषद्मा सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । हिजो मात्रै स्वास्थ्य मन्त्रालयले विद्यालय नजान र भीडभाड नगर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *