Main News

हिजो साँझको हावाहुरीसँगैको चट्याङमा परेर तीन जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख ३ गते १२:३५
हिजो साँझको हावाहुरीसँगैको चट्याङमा परेर तीन जनाको मृत्यु

३ वैशाख २०७८ काठमाडौं । हिजो साँझ हावाहुरीसँगै आएको चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरी तीन जनाको मृत्यु भएको छ ।

हिजो बेलुका हावाहुरीसँगै परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका(२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको मृत्यु गएको प्रहरीले जनाएको छ ।

कँडेलको धौलागिरी अस्पताल बाग्लुङमा उपचारका क्रममा राति १० बजे ज्यान गएको हो । चट्याङ लागेर बाग्लुङकै ताराखोला गाउँपालिका(३ रातमाटाकी ४५ वर्षीय कृष्ण कुमारी कार्की गम्भीर घाइते हुनुभएको छ ।

यस्तै, स्याङ्जाको फेदीखोला गाउँपालिका(५ मा पनि चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । घरमा बसिरहेका बेला चट्याङ्ग लागेर घाइते भएकी ३९ वर्षकी ईश्वरी लामिछानेको गण्डकी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

यस्तै, भोजपुरको षडानन्द गाउँपालिका(८ निगुरेमा ६० वर्षकी मनमाया राईको पनि चट्याङ्ग लागेर मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *