Main News
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
२०७८ वैशाख ३ गते ९:०३

३ वैशाख २०७८ काठमाडौं । प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आज आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्य क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि प्रदेश १ र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया