Main News

यस्ता सेवा लिन अब मालपोत तथा नापी कार्यालय धाउनु नपर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते २०:४२
यस्ता सेवा लिन अब मालपोत तथा नापी कार्यालय धाउनु नपर्ने (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । घरजग्गा दर्ता तथा नक्सा अद्यावधिक र प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा लिन मालपोत तथा नापी कार्यालय जान नपर्ने भएको छ ।

यस सम्बन्धी सेवाका लागि नापी विभागले नेपाल ल्याण्ड इन्फर्मेशन सिस्टम र मेरो कित्ता नामक अनलाइन प्रणाली शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यसको उद्घाटन् गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सेवा सुरुवात गर्नुभयो । यो कार्यान्वयनमा आएपछि सेवाग्राहीले अनलाइन मार्फत घर जग्गा दर्ता तथा नक्सा अद्यावधिक र प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा लिन सक्नेछन ।

राष्ट्रिय नापनक्सा निकायको रुपमा रहेको नापी बिभागले शुरु गरेको नेपाल ल्याण्ड इन्फर्मेशन सिस्टममार्फत जग्गा दर्ता, तथा नक्सा अद्यावधिक गर्न सकिने छ । यस्तै मेरो कित्ता एपमार्फत नक्सा, फिल्डबुक र प्लटरजिष्टर प्रिन्ट सम्बधी सेवा लिन सकिन्छ ।

सुरुवातमा काठमाडौ उपत्यकाको डिल्लीबजार, कलंकी र भक्तपुरस्थित नापी कार्यालयमा यो सेवा कार्यान्वयनमा आएको छ ।

यसै आर्थिक वर्षमा काठमाडौ उपत्यकाका अन्य मालपोत कार्यालय र अर्को वर्षदेखि देशभरै लागु गर्ने सरकारको लक्ष्य छ । अनलाइन सेवा शुरु भएपछि मालपोत र नापी विभागमा हुने भीड कम हुने र सेवाग्राहीले छिटो छरितो सेवा पाउने विश्वास गरिएको छ ।

यस सेवा लिनका लागि सेवाग्राहीले अनलाइनबाट मेरोकित्ता डट डीओएस डट जीओभीडट एनपी लगइन गर्नु पर्ने हुन्छ ।

जहाँ सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरण पेश गर्नुपर्ने छ । तर निर्देशिका र मापदण्डविना नै हतारमा सेवा शुरु गरेको भन्दै आलोचना पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *