Main News

पचास प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन सबै अस्पताललाई सरकारको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते २०:१०
पचास प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन सबै अस्पताललाई सरकारको निर्देशन (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।

पछिल्लो समयमा कोरोना संक्रमण बढेको र बालबालिका तथा युवामा समेत संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले आज सबै सरकारी अस्पतालाई कम्तिमा ५० प्रतिशत बेड संक्रमितका लागि छुट्याउन र उनीहरुको निशुल्क उपचार गर्न भनेको छ ।

यस्तै मन्त्रालयले बालबालिका, गर्भवति, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकको उपचारमा प्राथमिकता दिन पनि स्वास्थ्य संस्थालाई भनेको छ ।

मन्त्रालयले नियमित सेवा लिन आएका विरामीको नियमित रुपमा नै स्वास्थ्य परिक्षण र उपचार गर्न तथा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएमा मात्र अन्य अस्पतालमा पठाउन निर्देशन दिएको छ ।

यस्तै निजी प्रयोगशाला र अस्पताललाई पिसिआर परिक्षणको शुल्क २ हजार रुपैयाँ भन्दा बढी नलिन पनि मन्त्रालयले भनेको छ ।

संक्रमितको उपचारका क्रममा अवस्था हेरेर ३५ सय रुपैयाँ देखि अति नै जटिल अवस्थाका संक्रमितसँग दैनिक साढे २१ हजार रुपैयाँभन्दा बढी नलिन पनि मन्त्रालयले निजी अस्पताललाई निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिकलाई पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र बास दिन होटलहरुलाई पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *