Main News

टिकटक रोड : जहाँ हुन्छ टिकटक बनाउनेको घुइँचो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २ गते ६:३२
टिकटक रोड : जहाँ हुन्छ टिकटक बनाउनेको घुइँचो (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने मावानुनसरी सामुदायिक वन क्षेत्र भित्र निर्माण गरिएको टिकटक रोड पर्यटकीय गन्तव्य बनेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मधुमल्ला बजारको उत्तरतर्फ करिब २ किलोमिटर जंगल क्षेत्रमा टिकटक रोड निर्माण गरिएको हो । नयाँ वर्षको अवसर पारेर यो रोड आज उद्घाटन गरिएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडानम्बर ७ मा पर्ने मावानुनसरी सामुदायिक वन क्षेत्र भित्रको यो ठाउँ अहिले पर्यटकीय गन्तव्य बनेको छ ।

वडा कार्यालयले यो ठाउँको २ किलोमिटर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने भन्दै टिकटक रोड नाम दिएको छ । यो ठाउँमा पर्यटकीय संभावना देखेर नै गाउँपालिकाले यसलाई टिकटक रोडका रुपमा विकास गरेको हो ।

नयाँ वर्षको अवसर पारेर बृहत सांस्कृतिक कार्यक्रमका साथ उद्घाटन गरिएको पहिलो दिन नै यहाँ घुम्न आउनेको भीड छ । यात्रुहरुलाई रुखको छाहारी संगै बस्न फलैचाको व्यवस्था गरिएको छ । टिकटक रोडलाई श्रृंगारेर आकर्षक बनाइएको छ ।

टिकटक बनाउने, तस्वीर खिच्ने र अवलोकन गर्नेको यी भीड र यहाँको माहोल देखेर स्थानीय बासिन्दा पनि खुसी छन् ।

यो सामुदायिक वनभित्रको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि थप आवश्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य छ ।

बजारबाट नजिकै र सुनशान मनामोहक ठाउँ भएकाले आन्तरिक र बाह्य पर्यटकका लागि समेत मधुमल्लाको यो टिकटक रोड उपयोगी हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *