Main News

वाम नेताहरुले भने–ओलीका कारण राष्ट्रिय स्वाधिनता र गणतन्त्र संकटमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते १९:०४
वाम नेताहरुले भने–ओलीका कारण राष्ट्रिय स्वाधिनता र गणतन्त्र संकटमा (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । वामपन्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय स्वाधीनता र गणतन्त्र संकटमा परेको बताएका छन ।

अखिल छैठौले काठमाडौंमा गरेको कार्यक्रममा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेताहरुले सार्वभौमिकता संकटमा परेको भन्दै गम्भीरता चिन्ता व्यक्त गरेका हुन् । नेकपमा माओवादी केन्द्रका नेता देव गुरुङले संसद विघटनसँगै वैदेशिक हस्तक्षेप बढ्दै गएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि राष्ट्रियता र गणतन्त्र संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अर्का नेता लिलामणि पोखरेलले क्रान्ति सम्पन्न भयो भनिए पनि मुलुकको सार्वभौमसत्ता झन धरापमा किन पर्यो भनेर प्रश्न गर्नुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले राजनीतिक परिवर्तन भए पनि नेतृत्वमा सामन्ती चिन्तन रहेको टिप्पणी गर्नुभयो ।

अखिल छैटौंले आफ्ना पूर्व अध्यक्ष लिलामणि पोखरेल, देव गुरुङ, बिनबहादुर कुँवर, टोपबहादुर रायमाझी, परि थापा, कृष्ण अधिकारी लगायतलाई सम्मान गरेको थियो ।

कार्यक्रममा छैटौंका वर्तमान अध्यक्ष बिमल पोखरेलले लेखेको संगठनको ईतिहास सम्बन्धी पुस्तक पनि सार्वजनिक गरियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *