Main News

प्युठान दुर्घटनाका ६ जना घाइतेलाई काठमाडौं ल्याइयो

हिमालय टिभी
२०७८ वैशाख १ गते १८:५६
प्युठान दुर्घटनाका ६ जना घाइतेलाई काठमाडौं ल्याइयो

१ वैशाख २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका मध्ये एकजना चालक र अन्य प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

दुर्घटनामा स्यांङ्जा घर भएका प्रशासकीय अधिकृत श्याम न्यौपाने, गुल्मी घर भएका नायव सुब्बा ईश्वर भण्डारी, खरिदार यमलाल पन्थी, सूर्य पन्थी तथा चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । प्रशासन कार्यालयका कर्मचारीले रिजर्भ गरेर स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका-२ रुमाले भन्ने स्थानमा दुर्घटना भएको थियो ।

घाइते ११ जना मध्ये ६ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याएर महाराजगंज स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । १६ जना सवार जीप सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *