सरकारद्वारा लोकतन्त्रका योद्धाहरु सम्मानित (फोटो फिचरसहित)
१ वैशाख २०७८ काठमाडौं । सरकारले ३ सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान दिएको छ ।
२०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १ सय ७६ जना बहिर्गमित पूर्वलडाकूलाई सरकारले लोकतन्त्रका योद्धाका रुपमा सम्मान गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नुभयो । प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगाइदिनुभयो भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिनुभयो ।
२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो ।
लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गर्नुभयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिनुभयो ।
मन्त्री ज्ञवाली लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक हुनुहुन्छ ।
प्रतिक्रिया