Main News

५८० कोरोना संक्रमित थपिए, उच्च जोखिममा बालबालिका

हिमालय टिभी
२०७८ वैशाख १ गते १७:०६
५८० कोरोना संक्रमित थपिए, उच्च जोखिममा बालबालिका

१ वैशाख २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो पटक झण्डै ६ सय संक्रमित थपिएका छन् ।

पछिल्लो पटक चार हजार २ सय ८९ नमूनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जनामा संक्रमण देखिएको छ ।

यस्तै ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले एन्टिजेन परीक्षणमा संक्रमण देखिएको बताएपनि आधिकारिक आंकडामा भने समेट्ने गरेको छैन ।

सक्रिय संक्रमितको संख्या चार हजार ५६ पुगेको छ । यस्तै कुल संक्रमितको संख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको छ ।

काठमाडौं उपत्यकामा २ सय ५४ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक थपिएका संक्रमित मध्ये करिव १० प्रतिशत बालबालिका रहेको सरकारले जनाएको छ । यसले विद्यालय जाने बालबालिका बढी जोखिममा रहेको देखाएको छ ।

सक्रिय संक्रमितमध्ये ८० जना आइसीयु र २५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *