स्पेनको क्याथेरेस शहरमा यसरी बन्दैछ लुम्बिनी गार्डेन (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ स्पेन । स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने योजना अघि सारिएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्ब रुपैयाँ खर्च गर्दै गार्डेन बनाउने महत्वकांक्षी योजना अघि सारेको हो ।
स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने योजना अघि सारिएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा गार्डेन बनाउने एक महत्वाकांक्षी योजना अघि सारेको हो।
नेपाली आर्टिटेक्चर थिममा बनाउन लागिएको गार्डेनमा ४० मिटर अग्लो बुद्वको मुर्ति राखिने भएको छ। सो परियोजनाका प्रमुख आर्टिटेक्चर उज्ज्वलमान शाक्य।
महत्वाकांक्षी परियोजना भए पनि रकम संकलनमा ठुलो समस्या नभएको फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ बताउँछन्। बेलारुस निवासी व्यवसायी समेत रहेका श्रेष्ठले प्रत्येक शान्तिप्रिय मानिसहरुले हातेमालो गर्ने विश्वास व्यक्त गर्दछन्।
केही वर्षदेखि लुम्बिनी गार्डेन स्पेनको राजधानी म्याड्रिडमा बन्ने चर्चा समेत थियो। अन्ततः एक्स्त्रेमादुरा प्रदेशमा गार्डेन बन्ने पक्का भएको अध्यक्ष खोसे म्यानुअल भिलानोभा बताउँछन्। परियोजनाका लागि जमिन प्राप्त हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै स्पेन सरकारको पूर्ण सहयोग र समर्थन रहेको उनको दावी छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित लुम्बिनी क्षेत्रका नगर प्रमुखहरुले समेत स्पेनको भ्रमण गरेर परियोजना निर्माणको अभियानमा साथ दिएका छन्।
लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम नगरको माटो बोकेर स्पेन उत्रिएका नगरप्रमुखहरुले काथेरस नगरको माटोसँग समिश्रण गरेका थिए। र लुम्बिनी गार्डेन बन्ने उक्त स्थानमा नै पुगेर पिपलको रुख रोप्दै परियोजनाको शुभारम्भ गरेका छन्।
शिलान्यस भएको १० वर्षभित्रमा परियोजनालाई सम्पन्न गर्ने योजना फाउन्डेसनले लिएको छ। बुद्वको शान्ति सन्देशसँग सँगै नेपाल र नेपालीको पहिचानलाई पनि संसारभर फैलाउन महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको छ।
प्रतिक्रिया