राजनीति

एमसीसी संसदमा पेश नगरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १ गते १३:००
एमसीसी संसदमा पेश नगरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउनुभएको हो । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने भन्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटामाथि एमसीसी रोकेर संविधान नमानेको आरोप लगाउनुभयो ।

संसद अधिवेशन शुरु भएको पहिलो दिन प्रस्तुत गर्नुपर्ने अध्यादेशसमेत प्रस्तुत गर्न नदिएर अप्रिय स्थिति सिर्जना गरिएको प्रधानमन्त्री ओलीको आरोप छ ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएकाले सचेत रहन पनि प्रधानमन्त्रीले आम नागरिकलाई अपिल समेत गर्नुभएको छ । सरकार लकडाउन गर्ने पक्षमा नरहेको पनि प्रधानमन्त्रीले प्रष्टिकरण दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको दावी गर्नुभयो ।

आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने पनि जानकारी दिनुभयो । करिब ६० लाख नागरिक सामाजिक सुरक्षामा आवद्ध भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्