नयाँ वर्षको अवसरमा आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
प्रधानमन्त्री ओलीले बिहान ८ बजे नागरिकलाई नयाँ वर्षको शुभकामनासहित सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीले सम्बोधनमार्फत् आम नागरिकलाई सरकारले थालेका प्रयासबारे जानकारी दिइने बताउनुभयो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनु हुने छ ।
यसैबीच आजै प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।
तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका तथा अन्य पीडितलाई सम्मान गर्न लागिएको हो ।
प्रतिक्रिया