राजनीति

आफ्नै नेतृत्वमा सरकार गठनलाई बटमलाइन बनाउने जसपाको संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते २०:४७
आफ्नै नेतृत्वमा सरकार गठनलाई बटमलाइन बनाउने जसपाको संकेत (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नै नेतृत्वमा सरकार गठनलाई बटमलाइन बनाउने संकेत गरेको छ । जनकपुरधाममा नयाँ वर्ष २०७८, जुड शितल र सिरुवा पर्वको अवसरमा आयोजित कार्यक्रममा तत्कालिन राजपाका नेताले यस्तो संकेत गरेका हुन् । शीर्ष नेताले नयाँ सरकार गठन हुन नसक्नुमा कांग्रेस दोषी रहेको आरोप पनि लगाएका छन् ।

प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नयाँ वर्षको अवसरमा जनकपुरधाममा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तत्कालिन राजपाका शीर्ष नेता मात्रै सहभागी भएका छन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको हलो कांग्रेसले नै अडकाएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता राजेन्द्र महतोले जसपाको माग सम्बोधन गर्ने शक्तिसँग अब नगदमा मात्र सम्झौता हुने बताउनुभयो ।

जसपाका नेताहरु शरतसिंह भण्डारी र अनिल झाले कांग्रेस, एमाले र माओवादीले देशलाई निकास दिन नसकेको आरोप लगाउनुभयो । उहाँहरुले वैकल्पिक शक्तिको रुपमा रहेको जसपाकै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने दाबी पनि गर्नुभयो ।

सत्ता समीकरणमा जानुपर्ने अवस्था आए आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालिने जसपाका नेताहरुको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्