Main News

४६० जना नयाँ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७७ चैत ३१ गते १७:१९
४६० जना नयाँ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

३१ चैत २०७७ काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नयाँ संक्रमितको संख्यासँगै सक्रिय संक्रमित पनि बढेका हुन् ।

पछिल्लो पटक थप ४ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । देशमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चार हजार ३ सय ८६ नमूनाको पीसीआर परीक्षण गर्दा थप ४ सय ६० नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

त्यस्तै एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक १ सय ५३ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *