Main News
विज्ञापन क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्ने अध्यक्ष हुमागाईंको दाबी (भिडियो रिपोर्टसहित)
२०७७ चैत ३१ गते १६:५०

३१ चैत २०७७ काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य गर्ने बताउनुभएको छ ।
विज्ञापन बोर्डको कार्यालय बबरमहलमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापन क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बोर्डको प्रमुख उद्देश्य अनुसार विज्ञापन बजारको विस्तार, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध विज्ञापन नियमन र नियन्त्रण गर्न काम गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताउनुभयो । संघ, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि उहाँको प्रतिवद्धता छ ।
प्रतिक्रिया