Main News

प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ चैत ३१ गते १६:३१
प्रधानमन्त्री ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

३१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामनासहित सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउनुहुनेछ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीले सम्बोधनमार्फत् आम नागरिकलाई सरकारले थालेका प्रयासबारे जानकारी दिइने बताउनुभयो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *